काठमाडौं । मधेश प्रदेश सरकारका ८ जना राज्यमन्त्रीलाई पदबाट हटाइएको छ । जम्बो मन्त्रिपरिषद् बनाएपछि चर्को आलोचना खेपेका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्।
नेकपा एमालेको तर्फबाट राज्यमन्त्री बनेका तीन सांसदले सोमबार नै पार्टी संसदीय दलका नेता सरोज कुमार यादवलाई राजीनामा बुझाइसकेको बताएका छन् ।
मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, केशव राय, शारदादेवी थापा, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह र रन्जु खंग, कांग्रेसका रेखा ठाकुर र निलम कुमारी राज्यमन्त्री नियुक्त गरेका थिए । उनीहरू सबैलाई सिंहले पदमुक्त गरेका हुन्। यो सँगै अब मधेस सरकारको क्याबिनेटमा १२ जना मन्त्री रहनेछन्।