भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ । ना ६ ख २१७३ नम्बरको ट्रकले ८९४४ नम्बर प्लेट भएको स्कुटरलाई ठक्कर दिएको हो ।
घटना आज दिउँसो पौने दुई बजेतिरको हो । प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि निकै परसम्म सोहोरेर लगेको थियो ।
ज्यान गुमाउनेमा स्कुटरमा सवार विद्यार्थी रहेको बताइएको छ । दुर्घटनापछि जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन् । दुर्घटनापछि अहिले भक्तपुर-काठमाडौं सडक ठप्प भएको छ। सुस्माको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । ट्रक चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।