काठमाडौं । न्याय सेवा आयोगको बैठकले २० सरकारी वकिलहरूको सरुवा गरेको छ ।
शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेकाहरूको सरुवा गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो । न्याय सेवा आयोगमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश , लोक सेवा आयोगका अध्यक्ष, कानुनमन्त्री र महान्यायाधिवक्ता सदस्य हुने कानुनी व्यवस्था छ ।