काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा पहिरोले ३ वटा घर बगाउँदा ८ जना बेपत्ता भएका छन्। २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ।
पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो ।
त्यसअघि नै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो ।