चन्द्रकान्त खनाल
रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीले यहि भदौ २४ गते भैरहवामा खुल्ला मिनि म्यारथन प्रतियोगिता गर्ने भएको छ । १११औं विपी जन्म जयन्तीको अवसरमा ‘खुल्ला मिनि म्याराथन प्रतियोगिता’ आयोजना गरिएको नेपाली कांग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाणले जानकारी दिए ।
युवाहरुमा खेल क्षेत्रप्रति उत्साह जगाउँदै खेलको विकास एवम् प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
पाँच किलोमिटरको प्रतियोगिता एयरपोर्टबाट शुरु भइ लुम्बिनी रोड, बुद्धचोक, ब्रमेलिटोल, नारायथान हुँदै मिलनचोक आएर समापन हुने कार्यक्रम संयोजक ओम कुमार श्रेष्ठले जानकारी दिए ।
प्रतोयोगिता बिहान ६ः३० देखि शुरु हुनेछ । प्रतियोगितामा खुल्ला र महिला तर्फक बिजेताले अलग अलग पुरस्कार पाउने छन् ।खुल्लातर्फ प्रथम पुरुस्कार रु. १० हजार र मेडल, द्वितीय पुरस्कार रु.५ हजार र मेडल, तृतीय पुरस्कार रु. ३ हजार र मेडल र सान्त्वना पुरस्कारहरु २ जनालाई रु. १ हजार ५ सय र मेडल दिइनेछ ।
त्यसैगरी महिलातर्फ प्रथम पुरुस्कार रु. १० हजार तथा मेडल, द्वितीय पुरस्कार रु.५ हजार र मेडल, तृतीय पुरस्कार रु. ३ हजार र मेडलको ब्यवस्था गरिएको प्रतियोगिता सयोजक श्रेष्ठले बताए ।