रुपन्देही । बुटवल अटो इन्जिनयरिङ्ग एशोसिएसनको पहलमा सुरुवात भएको यस क्षेत्रकै स्नातकतह अध्यापन गर्ने अटो इन्जिनियरिङ्ग कलेज स्थापना गर्नको लागि वर्तमान शिक्षा ऐन नै बाधक भएको देखिएको छ ।
अहिले सञ्चालनमा रहेका अटो इन्जिनयरिङ्ग, अटो मेकानिक्स इन्जिनियरिङ्ग कलेज भन्दा फरक प्रकृतिबाट अधिकांश प्रयोगात्मक विषय सञ्चालन गर्ने गरी बुटवलमा ‘अटो इन्जिनियरिङ्ग कलेज’ सुरुवात गर्ने लक्ष्य लिइएको थियो । यो विषयमा अध्यायन प्रतिवेदन समेत तयार भइसकेको एशोसिएसनका अध्यक्ष तुलसीराम न्यौपानेले बताए ।
बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगमा काठमाडौं विश्वविद्यालयको सहयोगमा बुटवलमा अटो इन्जिनियरिङ्ग कलेज स्थापनाको लागि संभाव्यता अध्ययन गरिएको छ । जसको शनिबार एक कार्यक्रमकोबीच प्रतिवेदन सार्वजनिक गरिएको हो ।
एशोसिएसनका अध्यक्ष तुलसीराम न्यौपानेका अनुसार बुटवलमा चाहिने, खपत हुने जनशक्तिलाई आधार मानेर स्नातक तहको इन्जिनियरिङ्ग कलेज स्थापना गर्न खोजिएको हो । तर यसमा प्राक्टिकल बेस धेरै, सैद्धान्तिक कुरा कम भएको गरी कोर्ष डिजाईन गरेर सुरुवात गर्न खोजिएको भएपनि अझै यसको सम्बन्धनको विषयमा ठोस पहल हुन सकेको छैन ।
बुटवलमा प्राविधिक धारको अटो इन्जिनियरिङ्ग कलेज आवश्यक रहेको विषयमा बुटवल उपमहानरपालिकाले पनि पटकपटक आवाज उठाउँदै आएको छ ।
बुटवलमा हाल मेकानिकल, अटो क्षेत्रमा डिप्लोमा लेभलमा बुटवल टेक्निकल इन्चिच्युड, कोरिया नेपाल बहुप्राविधिक विद्यालयमा अध्यापन हुँदै आएको छ । तर स्नातक र स्नाकोत्तर तहमा भने कलेज छैनन् ।
बुटवलमा रहेको अटो भिलेजमा हाल १ हजार भन्दा बढी व्यवसायीहरु रहेका छन् । जसमा ८ हजार भन्दा बढी कर्मचारहरुले रोजगारी पाएको आटो इन्जिनियरिङ्ग एशोसिएशसनको तथ्यांक छ ।
जसमा करिव २० प्रतिशत मात्रै डिप्लोमा लेभलको कोर्ष पूरा गरेका दक्ष जनशक्तिरहेका छन् भने अन्य सबै अन्य विषय पढेका वा व्यवहारिक सीप, दक्षता भएका जनशक्ति रहेका छन् ।