काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा गएराती गएको पहिरोमा घर पुरिएर वेपत्ता भएका श्रीमान-श्रीमतीको शव फेला परेको छ ।
राती दुई बजे खसेको पहिरोमा पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको हो । दुवैजनाको शव पोष्टमार्टमको लागी आधारभूत स्वास्थ्य केन्द्र बारेकोट लिम्सा लगिएको छ ।
उनीहरुकी ११ वर्षीया छोरी सम्झना चलाउनेको भने थप उपचारको लागी नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।
सोही घरमा बस्दै आएकी आफन्त पर्ने १६ वर्षीया बिमला चलाउने भने पहिरो आउनु अगावै भाग्न सफल भएको जाजरकोट प्रहरीका डिएसपी पुरुषोत्तम पाण्डेले बताए । उक्त घरमा चार जना बस्दै आएका थिए । उता पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।