एजेन्सी । फ्रान्सले नेसन्स लिगमा बेल्जियमलाई पराजित गरेको छ । फ्रान्सले बेल्जियमलाई सोमबार २–० ले पराजित गरेको हो। यसअघि फ्रान्स पहिलो खेलमा खेलमा इटालीसँग पराजित भएको थियो।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे ।
खेलको २९औं मिनेटमा मुआनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जित निश्चित गरे ।
खेलमा फ्रान्सका कप्तान तथा स्टार स्ट्राइकर किलियन एमबाप्पे भने बेन्चमा रहेका थिए । जितसँगै फ्रान्स ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।