काठमाडौं । अनेमसंघ केन्द्रीय कमिटीको आयोजनामा तिज तथा जितिया पर्वको अवसरमा सन्देशमूलक गीत प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा देशभरिबाट १६ वटा समूहको सहभागीता रहेको थियो । अनेमसंघ केन्द्रको आयोजना र कला साहित्य,संस्कृति तथा खेलकूल विभागको व्यवस्थापनमा आयोजित सन्देशमूलक तिज गीत प्रतियोगितामा कर्णाली प्रदेश पहिलो, लमजुङ सम्पर्क कमिटी द्वितीय, सुपा देउराली समूह तृतीय भएको छ ।
अनेम संघकी अध्यक्ष टुकाभद्रा हमालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले महिला फाँट इन्चार्ज सीता पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा खर्क बहादुर बुढामगरको संयोजकत्वमा तीन सदस्य निर्णायक समिति रहेको थियो ।