काठमाडौं । इन्द्रजात्रा हेर्न बालेनको तस्विर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर पुगेका युवायुवतीहरूलाई बसन्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बालेनको नामको टिसर्ट लगाएर आएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
बालेन समर्थक १३ जनालाई अहिले जनसेवा वृत्त परिसरमा राखिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रधानमन्त्री ओलीको विरोध हुनसक्ने सम्भावनालाई ध्यान दिएर निगरानी बढाइएको प्रहरीले बताएको छ ।