काठमाडौं । गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो। सहकारी ठगी प्रकरणमा प्रहरीले जोहीलाई आइतबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो।
गोर्खा मिडियाका पूर्वसञ्चालक रहेका जोशीलाई संसदीय छानबिन समितिले दोषी किटान गर्दै कारबाहीका लागि निर्देशन दिएको थियो। विभिन्न सहकारीबाट ऋणको रुपमा रकम निकाल्ने काममा जोशीको समेत प्रमुख भूमिका रहेको छानविन समितिको निष्कर्षपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
समितिले जोशीसहित गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो।