काठमाडौं । सुनको मूल्यले फेरि अर्को उचाइ लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पुनः ५ सय रुपैयाँले बढेपछि नयाँ कीर्तिमान बनेको हो।
महासंघका अनुसार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुन १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी तीन दिनयता १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।