काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिक र सामाजिक आन्दोलनमा प्रश्चिमा रणनीतिक प्रभाव परेको बताएका छन् ।
नेकपा (एमाले) सामाजिक सेवा विभागद्वारा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजना गरेको ‘बदलिँदो विश्व व्यवस्था र सामाजिक आन्दोलनका आयामहरु’ विषय नीति संवाद कार्यक्रममा प्रमुख अतिथि पोखरेलले नेपालले आफ्ना रक्षाका लागि सजग हुनुपर्ने बेला आएको बताए ।
उनले नेपाली नगारिकहरुको रक्षा, समृद्धिका लागि अवलम्ब गर्नुपर्ने विषयहरु खोज्नुपर्ने बताए । उनले औधोगिक क्रान्तिले जति प्रविधि एड्भान्स हुँदै त्यति अमेरिका शक्तिशाली हुँदै गएको भन्दै नेपालमा प्रविधिको विकासको खाँचो रहेको बताए ।
मिश्रित अर्थव्यवस्था भएका मुलुकहरुमा अर्थतन्त्र बढी सफल देखिएको पनि उनले बताए । पछिल्लो समय चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिकाले समृद्धि हासिल गरिराखेको उनको भनाइ थियो ।
एसियाको सामाजिक आन्दोलनमा तीव्र प्रतिस्पर्धा, दाउपेच, षड्यन्त्र सबै एसियामा केन्द्रत हुन थालेको पनि उनले बताए । लडाइँ, झगडा मध्यपूर्वमा बढी देखिएपनि एसियाले उछिन्ने हो कि भन्ने चिन्ता थपिएको महासचिव पोखरेलले बताए । पश्चिमा जगतको रणनीतिको बीचमा परेका मुलुकमध्ये नेपाल पनि भएकाले बढी संवेदनशिल क्षेत्रमा पर्ने उनले बताए ।
कार्यक्रममा डा.डम्बर चेम्जोङले कार्यपत्र प्रस्तुत गर्दै सिल्करोड र चीन केन्द्रीत विश्व व्यवस्थाका बारेमा जानकारी गराएका थिए । उनले युरोप केन्द्रित उपनिवेशवादमा आधारित विश्व व्यवस्था, विश्वमा पुँजीवादको उदय र विस्तारका बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यपत्रमाथि आशिष रेग्मी जोशी, सुष्मा राईले टिप्पणी गरेका थिए भने कार्यपत्रलाई आधार मान्दै उक्त सवालमा गैरसरकारी महासंघ नेपालका महासचिव अर्जुन भट्टराई, डा.पदम खतिवडा, निर्मला धिताल, सुशिला श्रेष्ठ, शोभा सापकोटा, सुजन अधिकारी, गोविन्द गौडेल, विधान आचार्य र राम सिं यादव लगायलते विचार राखेका थिए ।
अमेरिकाका पूर्व राजदूत अर्जुन कार्कीले अहिलेको हरेक आन्दोलनले के खोजी रहेको छ भन्ने विषयमा विचार पु¥याएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रम विभाग प्रमुख कल्पना चापागाईंको अध्यक्षतमा भएको थियो ।