काठमाडौं । छहरे–टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना यात्रु घाइते भएका छन्।
काठमाडौंबाट नुवाकोट हुँदै पोखरातर्फ जान लागेको ग१ख ४५३५ नम्बरको माइक्रोबस आज दिउँसो अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। माइक्रोबसमा १८ यात्रु सवार थिए। घाइतेलाई उपचारका लागी काठमाडौं पठाइएको छ।
धादिङको विभिन्न स्थानमा पहिरो गएका कारण सो माइक्रोबस काठमाडौंको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो।