एजेन्सी । इरानले इजरायलमा १ सय ८० ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। निरन्तर प्रहार गरिएका मिसायलमध्ये अधिकांश इजरायलको प्रतिरक्षा प्रणालीले असफल बनाएको इजरायलले दाबी गरेको छ।
इजरायली रक्षा सेवा (आईडीएफ) का अनुसार आक्रमणमा कसैलाई पनि गम्भीर चोट लागेको छैन्। फुटेजमा इरानले मोसादको मुख्यालय, नेभाटिम एयरबेस र टेल नोफ एयरबेसलाई निशाना बनाएको देखाउँछ।
इजरायलमा हमला गरेपछि इरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई धम्की दिएको छ। इरानका राष्ट्रपति मसुद पजाकियानले इजरायलको आक्रमणको जवाफ दिएको बताएका छन्। यो इरानको हित र नागरिकको रक्षा गर्न आवश्यक कदमका रुपमा ब्याख्या गरेका छन्। यद्यपि अब इजरायलले थप उतेजना नफैल्याएसम्म आक्रमण नहुने इरानले बताएको छ।
इरानको आक्रमणपछि इजरायलका प्रधानमन्त्री नेतन्याहुले इरानले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्। उनकै बोलीमा अमेरिकाले सहमति जनाउँदै इरानले कडा मुल्य चुकाउनु पर्ने बताएको छ। इजरायलको डिफेन्स फोर्स आइडिएफले इरानलाई नछोड्ने बताएको छ।