काठमाडौं । नेपालीहरूको महान पर्व दशैं, तिहार, छठ तथा ईदको असरमा सिजी नेटले आफ्ना ग्राहकहरूको लागि असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा विशेष हातै खाली नरहने अफरहरु ल्याएको छ ।
यस अफरमा सिजी नेटका सम्पूर्ण ग्राहकहरुले फास्टेस्ट इन्टरनेट सेवा सँगसँगै ३ महिनासम्मको बोनस, रु.१५०० सम्मको नगद छुट, इन्स्ट्यान्ट क्यासब्याक र र फ्री WiFi-6 अपग्रेड पनि पाउन सक्नहुुनेछ।
यस हातै खाली नरहने अफरको साथमा सिजी नेटको १०१ एमबिपीएस को वार्षिक नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरुले मात्र ९,९९९ सुरुवाती मूल्यमा स्मार्ट बल्ब निःशुल्क पाउनेछन् ।
१५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य १२,४९९ मा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन(सीसीटीभी) निःशुल्क पाउनेछन् । यस्तै ३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य १४,४४९ मा दुवै निःशुल्क पाउनेछन् ।
नेपालका अधिकांश सस्तो, छिटो र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आक्रमक व्यापार गरिरहेको यस कम्पनीले आफ्ना ग्राहकहरुलाई दैनिक रुपमा CG Digital, MINISO, FOREVERYNG, Kaspersky Antivirus, Nepal Tea Collective र Classic Diamond का सामान खरिदमा ७० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ । साथै चैतन्य स्पा र पठाओ मा सेवा लिँदा पनि यति नै मात्राको छुट उपलव्ध गराइएको छ ।
यसैगरी नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले साप्ताहिक रुपमा रु. ५०,००० मल्य बराबरका मिनिसो र फर इभरिङ ब्रान्डका सामान उपहारस्वरुप प्राप्त गर्न सक्नेछन् । साथै नो थिङ ब्रान्डको सिएमएफ फोन–१, एयरबर्ड र मिरैया रिसोर्टमा एक रातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ ।
आक्रामक बजार नीतिका साथ आफ्ना ग्राहकहरुलाई यस अवधारणाले मानसिक रुपमा वाशिङ्ग मेसिन, माइक्रमेवेभ ओभर तथा बम्पर उपहार योजना अन्तर्गत हिरोको XOOM स्कुटर उपहार स्वरुप घोषणा गरेको छ ।