काठमाडौं । नेपाल क्रिकेट संघले आगामी ३० नोभेम्बरदेखि २१ डिसेम्बरसम्म हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीको दर्ता सम्पन्न गर्दै अक्सनका लागि सर्ट लिस्टसमेत सार्वजनिक गरेको छ।
गत असोज ५ देखि सुरु दर्ता प्रक्रिया १२ गतेसम्म चलेको थियो। जसमा ४२६ जना नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
दर्ता भएका खेलाडीबाट एनपिएल अक्सनका लागि १ सय ४२ जना खेलाडीलाई सर्ट लिस्ट गर्दै क्यानले नामवली सार्वजानिक गरेको हो।
अब एनपिएलको अक्सन आगामी २० असोजमा काठमाडौंमा हुने छ।
खेलाडीको नामवली