एजेन्सी । लेबनानको राजधानी बेरुतमा इजरायलले आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। एक चिकित्सा सेवा केन्द्रमा आक्रमण भएको लेबनानी अधिकारीले जनाएका छन्। यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित रहेको सञ्चारमाध्यममा उल्लेख छ।
इजरायली सेनाले बेरुतमा लक्षित गरी हमला गरेको बताएको छ। लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। ५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिशिगनका बासिन्दा हुन्। उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए।
अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ताले कमेल अहमद जवादको मृत्यु भएको पुष्टि गर्दै शोक व्यक्त गरेका छन्।