एजेन्सी । टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। टर्किएको प्रकोप एजेन्सीले केन्द्रबिन्दु दक्षिणी मलात्या प्रान्तको काले जिल्लामा रहेको बताएको छ। भूकम्प करिब १०.०७ किलोमिटर गहिराइमा गएको थियो।
त्यहाँ कुनै क्षति हुन नपाएको बताइएको छ। भूकम्पको धक्का यस क्षेत्रका दियारबाकिर, इलाजिग, कहरामनमारास, टोकाट, एर्जिनकान, टुन्सेली र अदियामान प्रान्तमा पनि महशुस गरिएको थियो।
सावधानीका रूपमा विद्यालयहरू एक दिनका लागि बन्द गरिएको बताइएको छ। टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले भूकम्पपछि टोलीले क्षेत्रमा फिल्ड स्क्यान शुरु गरेको बताए।