काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे एक अर्ब भन्दा बढी रुपैयाँ जम्मा भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ जम्मा भएको हाे । याे हिजो असोज ३० गतेसम्म दाखिला भएकाे रकम हो ।
कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा हिजाेसम्ममा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम दिएका छन् । राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख रूपैयाँ, गैरआवासीय नेपाली सङ्गठनले ५१ लाख रूपैयाँ तथा राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ रूपैयाँ दाखिला गरेका छन् ।
यसका साथै, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्स्याेरेन्स कम्पनी र विद्युत् उत्पादन कम्पनी लगायत छन् ।