काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लाामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।
पोखराको सूर्यदर्शनको रकम अपलचन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए। लगत्तै रवि पक्राउको तयारी अघि बढाइएको थियो।
सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।
समितिको प्रतिवेदन मन्त्रिपरिषद बैठकले नै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्ले कार्यन्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो।
गृहमन्त्री लेखकले आइतबार प्रहरी महानिरीक्षकलाई बोलाएर उक्त प्रतिवेदन कार्यन्वयनमा अगाडि बढ्न निर्देशन दिएका थिए।
पूर्वडीआईजीसमेत रहेका जोशी, पूर्वगृहमन्त्री लामिछाने र सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई ब्यापारिक साझेदार हुन्।
रवि पक्राउको हल्लाबीच कार्यालयमा समर्थकहरूको बाक्लो भिड उपस्थित भएको छन्।