काठमाडौं । सरकारले सवारी चलाउनका लागि ट्रायल पास गरेपछि दिने लाइसेन्स कार्ड अब आवश्यक नपर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा लेख्दै व्यक्तिको मोबाइलमै लाइसेन्स उपलब्ध हुने व्यवस्था गरिएको उल्लेख गरेका छन्।
‘सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ।’
सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्।