काठमाडौं । रोटरी इन्टरनेशनलले यही अक्टोबर २४ तारिखका दिन देशका सातै प्रदेशमा पोलियो उन्मूलन ‘इन्ड पोलियोे नाओ’सचेतना विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अक्टोबर २४ तारिखलाई पोलियो दिवसका रुपमा मनाउँदै गरेको अवस्थामा संस्थाले पनि उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियो नाउ’ विशेष अभियान सञ्चालन गर्ने जानकारी गराएको हो ।
सोही दिन बिहान उपत्यकामा साइकल र्यालीका साथै देशका विभिन्न शहरहरूमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिने र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले जानकारी दिए । नेपालमा आधिकारिक रुपमा पोलियोका बिरामी नरहेपनि सँधै सचेत रहनका लागि पोलियो उन्मूलन सचेतना विशेष अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।
रोटरीले पोलियो उन्मूलनका अभियानसहित सात वटा क्षेत्रमा आफ्ना सामाजिक सेवालाई केन्द्रित गर्दै आइरहेको जनाएको छ ।
रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामुलक सामाजिक संस्था हो ।
सन् १९०५ मा अमेरिकाको सिकागो शहरबाट शुरु भएको यो संस्थामा ससांर भरका २०८ मुलुकहरुमा ४६ हजार भन्दा बढी राटेरी क्लबहरु ५३८ वटा डिष्टिक्«ट अन्तर्गत आबद्ध छन् भने १२ लाख भन्दा बढी सदस्यहरु राटेरी सवामा सक्रिय रहेका छन् ।
नेपालमा राटेरीको अभियान सन् १९५९ मा शुरु भएको हो । सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै राटेरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो ।
हाल नेपालमा १६१ वटा रोटरी क्लबहरुले स्थानीय स्तरसँगै राष्ट्रिय स्तरमा समेत विभिन्न सेवामूलक कार्यहरु गर्दै आएका छन् । विश्वबाटनै पोलियो भाइरस उन्मुलन रोटरीले सुरुवाती
समयदेखि नै प्रभावकारी रुपमा काम गर्दै आइरहेको छ । पोलियोमाइलिटिस एक अत्यधिक संक्रामक रोग हो । जसले प्रायः ५ वर्ष मुनिका बालबालिकालाई असर गर्छ । धेरैले यसलाई पोलियो भाइरस भनेर चिन्छन् । भाइरस सामान्यतया दूषित पानीमार्फत एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्छ ।
यसले स्नायु प्रणालीमा आक्रमण गर्न सक्छ, र कतिपय अवस्थामा पक्षघातको प्रमुख कारक हुन्छ । यद्यपी कुनै थप उपचार पद्धतीको विकास नभएको अवस्थामा, एकमात्र सुरक्षित र प्रभावकारी उपाय भनेकैखोप मात्र हो । रोटरी र हाम्रा साझेदारहरूले विश्वव्यापी रुपमा २.५ अर्ब बालबालिकाहरूलाई यो खोप लगाउन सहायतापुर्याउँदै आएका छन् ।
रोटरीले सन् १९८८ देखि ९९.९% ले पोलियो केसहरू घटाउन सफल भएको छ । पोलियो लागिसकेपछि कुनै उपचार हुन्न, खोपले भने पोलियो रोग लाग्नबाट पहिल्यै रोकथाम गर्न सकिन्छ । हाल केवल दुई देशमा मात्र पोलियो लागेका बच्चाहरु फेला पारिएका छन् ।