राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्ध सानदार जित दर्ता गरेको छ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले बायर्नलाई ४–१ को फराकिलो अन्तरले हराएको हो। खेलको पहिलो मिनेटमै राफिन्हाको गोलमा घरेलु टोली बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। फर्मिन लोपेजको पासमा राफिन्हाले गोल गरेका थिए। उनले खेलको ४५ र ५६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। खेलको १८औँ मिनेटमा ह्यारी केनले गोल गरेर खेल बराबरिमा ल्याएका थिए तर बार्सिलोनाले पहिलो हाफको ३६ र ४५ औँ मिनेटमा गोल गरेर खेल आफ्नो पकटमा ल्याएको थियो ।
गएरातिकै अर्को खेलमा म्यानचेस्टर सिटीले स्पाटर्क प्रागविरुद्ध ५–० को सानदार जित दर्ता गरेको छ। इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा हालान्डले दुई गोल गरे। फिल फोडेन, स्टोइनिस र म्याथुस नुनेजले एकरएक गोल गरे। अर्को खेलमा लिभरपुलले आरबी लाइपजिग र इन्टर मिलानले योङ ब्वाइजलाई १–० ले हराए। गएराति नै भएको खेलमा एथलेटिको मड्रिड लिलसँग ३–१ ले स्तब्ध बन्न पुग्यो।