काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आह्वान भएको संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारको अनुरोधमा दिउँसो ३ बजेसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।
‘सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि (दिउँसो ३ बजे) का लागि सारिएको छ,’ संसद् सचिवालयले भनेको छ।