काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले त्यसलाई अस्वीकार गरेका छन् । उनले आइतबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा पत्र लेखेर सो सिफारिस फिर्ता लिन अनुरोध गरेको बताएका छन् ।
उनले राजदूतका लागि सिफारिस गर्दा आफूलाई परराष्ट्र मन्त्रालय, परराष्ट्रमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयबाट कुनै जानकारीसमेत नदिइएको बताएका छन् । उनले आफूलाई सिफारिस गरेको जानकारी सञ्चारमाध्यमबाट पाएको बताएका छन् ।
राजदूत अस्वीकार गरेका प्याकुरेलले सिफारिस गर्नुअघि सम्बन्धित व्यक्तिलाई जानकारी नै नदिने प्रचलनमाथि गम्भीर प्रश्नसमेत उठाएका छन् । साथै उनले संसदीय सुनुवाइ, नियुक्ति र फिर्ता गर्ने विषयमा पनि बहस गर्न आवश्यक रहेको बताएका छन् ।