बाढी पहिरोको बेला निम्न कुराहरुमा ध्यान दिनुपर्छ:
बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्न हुन्न ।
होचो भूभागमा आवातजावत गर्न हुन्न ।
गाउँ र वस्तीमा बाढी आयो भने उचो भूभागमा जानुपर्छ ।
समूहमा बस्नुपर्छ ।
उचो भूभागमा जाने ठाउँ छैन भने आफ्नो घरको पहिलो, दोस्रो तल्ला वा छतमा बस्न सकिन्छ । छतमा पनि बस्न सक्ने अवस्था भएन भने बाहिरबाट गएका उद्धार टोलीलाई आफ्नो समस्या भन्नुपर्छ ।
बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने
नम्बर ११५५
मा फोन गरेर कता बाढी जाँदैछ भन्ने थाहा पाउन सकिन्छ ।
जल तथा मौसम पुर्वानुमान विभाग(http://www.mfd.gov.np/)ले २४ सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको छ । संम्भव भएसम्म त्यो सूचना नियमित लिनुपर्छ ।
संचारमाध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनपर्छ ।
सूचना अनुसार सुरक्षित ठाउँको पहिचान पहिले नै गर्ने र बाढी आइहाले त्यो ठाउँमा जानुपर्छ ।
ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।
पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने संभावना धेरै हुने भएकाले त्यस्ता ठाउँको पहिचान गर्नुपर्छ ।
आवातजावत कम गर्नुपर्छ ।
घर भत्किएर जनधनको क्षती हुने भएकाले घर बाहिर निस्किएर बस्नुपर्छ ।
ठूलो पानी परिरहे जोखिम युक्त क्षेत्र नजिक भए नसुती चनाखो भै बस्नुपर्छ ।
झरी पर्न थालेपछि कुन खोलामा कहिले बाढी आउँछ भन्ने बाढी पूर्वानुमान शाखाले अनुमान गर्छ र त्यहि अनुसार सतर्क रहन सम्बन्धित
जिल्लाका नागरिकलाई अपिल गर्छ । तर पहिरो कतिबेला आउँछ भन्ने पहिले नै थाहा हुँदैन । तर पहिरोबाट पनि जोगिने उपाय भने छन् ।
यति गर्नाले केही हदसम्म भएपनि ज्यान जोगाउन सकिन्छ । विपतको बेलामा समूहमा बस्दा एकअर्कालाई सहयोग गर्न सजिलो हुन्छ ।
यस्तै सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बसौं । यसले उद्धार तथा राहत वितरणमा सहज हुन्छ ।