काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको नेताबाट अध्यक्ष रन्जिता श्रेष्ठलाई हटाइएकाे छ।
आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा रन्जिता श्रेष्ठलाई हटाइएकाे हो ।
संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद छ। यसअघि पनि संरक्षक चौधरीले रञ्जितालाई दलको नेताबाट हटाउन खोजेका थिए।