काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको छ।
बुधबार बिहान पार्टी सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको बैठकले उक्त सहमति अनुमोदन गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
त्यस्तै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न समेत आग्रह गरेको महतले जानकारी दिए।
देउवा र ओलीबीच सोमबार मध्यरातमा भएको सहमतिमा प्रचण्ड नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बनाउने र संधिवान संशोधन गर्ने लगायतका विषय रहेको नेताहरूले बताएका छन्।