काठमाडौं । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन्।
बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भुसालले आफूहरू प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए।
उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए।
कांग्रेस-एमाले गठबन्धनको संविधान संशोधनको मुद्दा स्पष्ट रूपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रूपमा आए पार्टीमा छलफल गर्ने उनको भनाइ छ।