काठमाडौं । चितवनमा रेलमार्गको सर्भे गर्न आएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए।
प्रहरीकै अगाडि उनीहरुले बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरकाे गाडिमा आगजनी गरेका हुन्। रेलमार्ग सार्नुपर्ने माग गर्दै विगतदेखि नै स्थानीयहरु विरोधमा थिए।