काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य विराट नर्सिङ होममा भर्ना गरिएको छ । नाकबाट रगत बगेपछि उनलाई विराट नर्सिङ होम विराटनगरमा भर्ना गरिएको हो । उनी ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रका लागि विराटनगर पुगेका थिए ।
विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रमा हस्ताक्षर गर्न महजोडी विराटनगर पुगेका हुन् । मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर गएका थिए । उनको उपचार भइरहेको छ ।
आचार्य शनिबार विराटनगरमै बसेका थिए । आइतबार बिहान काठमाडौं फर्कन लागेका बेला नाकबाट रगत बगेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । आचार्यको अवस्था सामान्य रहेको छ ।