काठमाडौं । एसीसी महिला एसिया कप अन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलंकामा आइतबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसंग ९ विकेटबाट पराजित भएको हो ।
टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ११ दशमलब ५ ओभरमा १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।
पाकिस्तानको यस प्रतियोगितामा यो पहिलो जित हो । पहिलो खेलमा पाकिस्तान भारतसंग पराजित भएको थियो । नेपालले पहिलो खेलमा युएईलाई हराएको थियो ।
सेमिफाइनलमा पुग्न अव नेपालले भारतसंग हुने अन्तिम खेलमा जित निकाल्नै पर्नेछ । पाकिस्तानले आफ्नो अन्तिमखेल युएईसंग खेल्नेछ । आइतबार सम्पन्न खेलमा भारतले युएईलाई हराएपछि लगातार दुई खेल जितेर सेमिफाइनल नजिक पुगेको छ ।