काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–५ मा पहिरोमा परि एकै परिवारका तीनसहित पाँच जना बेपत्ता भएका छन् ।
दुई जना घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
धार्चे ५ सिङला रेसे खोलाको अपर रेसे हाईडो पवार निर्माण स्थलमा शनिबार राति २ बजे पहिरो गएको हो । पहिरोमा बेपत्ता भएकाहरुमा जितबहादुर गुरुङ, कान्छी गुरुङ, सोलाल गुरुङ, रमेश गुरुङ रहेका छन् ।
आरुघाटगाउँपालिका आरुपोखरीका रमेश परियार पनि पहिरोमा हराएका छन् । दुई जना घाइते दिलीप गुरुङ र खमबहादुर गुरुङलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो ।