काठमाडौं । पोखरामा विद्यार्थी लिन हिँडेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बसमा सवार २७ जना विद्यार्थी र चालक घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२१ फुर्सेखोलानजिक बस दुर्घटना भएको हो । पोखरा २१ रामदीबाट बिरौटा फर्कने क्रममा फुर्सेखोला नजिकै एलपी देवकोटा मेमोरियल स्कुलको ग १ख ६२१९ नम्बरको बस दुर्घटना भएको हो ।
बसमा सवार सहयोगी एक जना महिलाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । घाइतेमध्ये जिएमसी अस्पतालमा १४ जना, गण्डकी अस्पतालमा १२ जना र मणिपाल शिक्षण अस्पतालमामा तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
बसको ब्रेक फेल भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।