काठमाडौं । पायोनियर मोटोकर्पले ग्लोबल प्रिमियम इभी ब्रान्ड जिकरको ‘जिकर एक्स’ मोडेल सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार नेपालमा जिक ब्रान्ड जिकर एक्स मोडेलसहित डेब्यु गर्दै छ । यसमा डुअल मोटर अलह्विल ड्राइभ र सिंगल मोटर रियरह्विल ड्राइभ गरी दुई भेरिएन्ट छन् ।
जिकर एक्सले एक पृथक् डिजाइन शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फर्मेन्ससहित नेपाली ग्राहकहरूमाझ छुट्टै पहिचान स्थापना गर्ने कम्पनीले जनाएको छ । दुवै भेरिएन्टमा ६६ किलोवाट आवरको ब्याट्री रहेको जिकर एक्समा सिंगल मोटर, रियर ह्विल ड्राइभ, लङ रेन्ज मोडेलमा ४४ किमिको डब्लुएलटिपी रेन्ज प्रदान गर्ने बताइएको छ ।
आधुनिक डिजाइनमा बनेको जिकर एक्स, हरेक मोडमा परिष्कृत अनुभव प्रदान गर्दै लक्जरी एसयुभी सेगमेन्टमा नयाँ पहिचान स्थापना गर्ने कम्पनीको दाबी छ ।