काठमाडौं । गायिका शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डीआर सुजनको शब्द, सङ्गीत र आशिष अविरलको एरेन्ज रहेको छ ।
डीआर सुजन, अञ्जली अधिकारी र सरस्वती खत्रीको अभिनय रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, विकास ज्ञवालीको सम्पादन र काजिस श्रेष्ठको कोरियोग्राफी छ । भिडियोलाई डीआर सुजन आफैँले निर्देशन गरेका हुन् ।