एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार अन्तर्राष्ट्रिय यातायात करिडोरको विकास गर्ने योजना सार्वजनिक गरेका छन्।
‘हामीले बाल्टिक र बेरेन्ट्स समुद्रबाट फारसको खाडी र हिन्द महासागरको किनारसम्म सिमलेस रेल सञ्चार स्थापना गर्ने लक्ष्य राखेका छौँं,’ पुटिनले अगस्ट ४ अर्थात् रूसको रेलवे श्रमिक दिवसको अवसरमा एक भिडियो सम्बोधनमा भने।
सो अवसरमा उनले मस्कोमा प्रमुख केन्द्रीय यातायात मार्गसँग एकीकृत हुने उच्च गतिको रेलवे, अन्तर्राष्ट्रिय रसद करिडोर र अजोभबाट ब्ल्याक सीतर्फको यातायात मार्गको वृद्धिसहित प्रमुख परियोजनाहरूको रूपरेखा पनि प्रस्तुत गरेका थिए।
उनले रूसको पूर्वी रेलवे प्रणाली, विशेष गरी बाइकल–अमुर, ट्रान्स–साइबेरियन रेलवे, र आर्कटिक बन्दरगाहहरूसँग जोड्ने यामालो–नेनेट्स स्वायत्त जिल्लामा ७०० किलोमिटर लामो उत्तरी अक्षांश क्षेत्रको रेलवेको थप आधुनिकीकरणको महत्वमा जोड दिए।