एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । उनी भारतको त्रिपुरा राज्यको राजधानी अगरतल पुगेकी छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि शेख र उनको बाहिनी बंगलादेश छाडेर अगरतल पुगेको हो ।
हसिनाको टोली सुरक्षित स्थानमा गएको बीबीसी हिन्दीले जनाएको छ । बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमका अनुसार उनी आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको अगरतलातिर गएकी छन्।
सोबार राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । जात्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा भएको प्रदर्शनमा सो मृत्यु भएको हो । कफ्र्यूको वेवास्ता गर्दै दशौं हजार बंगलादेशीहरू सडकमा उत्रिएका छन् ।
विद्यार्थी आन्दोलनको क्रममा बंगलादेशमा अहिलेसम्म कम्तिमा ३०० जनाको मृत्यु भइसकेको छ ।
बंगलादेशमा अन्तरिम सरकार बनाइने
बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्। विद्यार्थीको आन्दोलन हिंस्रक बन्दै गरेपछि प्रधानमन्त्री शेख
हसिनाले सोमबार राजीनामा दिएकी थिइन्। राजीनामा दिँदै देश छाडेपछि बंगलादेशको सत्ता सेनाले हातमा लिएको छ।
सत्ता हातमा लिएलगत्तै पत्रकार सम्मेलन गरेर सेना प्रमुख वाकर उज जमानले हिंसा अन्त्य गर्न आग्रह गर्दै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्।
उनले सबै दललाई बोलाएर अन्तरिम सरकारको तयारी भइरहेको जनाएका छन्।