काठमाडौं । बेलायतका विभिन्न सहरमा प्रदर्शन÷हुलदङ्गा चलिरहेकाले यहाँ रहेका एवं बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई हुलदङ्गा भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिएको छ ।
लन्डनस्थित नेपाली राजदूतावासले मंगलबार एक सूचना जारीगरी बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ।