काठमाडौं । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी–७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोट प्रहरीले जनाएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेका छन् । घटनास्थलमा केही शवहरु देखिएको स्थानीयले बताएका छन् ।