एजेन्सी । जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशाली भूकम्प को धक्का महसुस भएको हो। जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ।
जापानका प्रधानमन्त्रीले पनि भूकम्पपछि सरकारको तर्फबाट केही निर्देशन जारी गरेका छन्। प्रधानमन्त्रीको निर्देशनअुनसार जनतालाई समयमै सुनामी र अन्य जोखिमबारेको सूचना तत्काल दिन भनिएको छ।
साथै क्षति रोक्नका लागि नागरिकलाई जोखिमयुक्त स्थानबाट निकाल्ने जस्ता कदम चाल्न भनिएको छ। सम्भावित क्षतिको तत्काल आकलन गर्न पनि उनले सरकारी निकायलाई भनेका छन्।
स्थानीय सरकारसँग मिलेर काम गर्न नियमित सम्पर्कमा रहन आग्रहसहित जापानी प्रधानमन्त्रीले नागरिकको ज्यान बचाउन कुनै कसर बाँकी नराख्न भनेका छन्।
भूकम्पको केन्द्र जापानको क्यूशु द्वीपमा जमीनबाट करिब ८.८ किलोमिटर तल रहेको बताइएको छ।