काठमाडौं । दक्षिण कोरियामा हुने आईटीआरए एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालबाट ६ अल्ट्रा धावकले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आईटीआरएले पहिलो पटक एसिया प्यासिफिक ट्रेल रनिङ आयोजना गर्न लागेको हो । च्याम्पियनसिप यही अक्टोबर २३ देखि २७ सम्म हुनेछ । च्याम्पियनसिपमा २५ देशका करिब ४०० धावकले भाग लिने अपेक्षा छ ।
च्याम्पियनसिपमा नेपालबाट रशिला तामाङ, प्रिया राई, मनकुमार मगर, तिलक सुनार, गोपाल तामाङ लामा र तीर्थ तामाङले प्रतिस्पर्धा गर्नेछन् । रशिला, मनकुमार, गोपाल र तिर्थले ८० किमि दौडमा प्रतिस्पर्धा गर्नेछन् भने प्रिया र तिलकले ४० किमी रेस दौडनेछन् ।
६ खेलाडी मंगलबार कोरिया प्रस्थान गरेका छन् ।