काठमाडौं । भारतको विहारस्थित समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रकसँग ठोक्किएर पल्टिएको हो। बसमा सवार ३ दर्जन बढी यात्रु घाइते भएको र विभिन्न नजिकका अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
देवघर गइरहेको बस गएराति दुर्घटनामा परेको हो। बच्चा समेत ८ यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ। बसमा करिब ४३ यात्रु रहेका थिए। स्थानीय र प्रहरीको मद्दतमा उनीहरुको उद्धार गरी अस्पताल लगिएको छ।