नशामाथि निर्भर व्यक्तिहरुले कुनै न कुनै रुपमा लज्जापन र अपराध बोधलाई आफूभित्र सीमित राखेको हुन्छ । यी दुवै किसिमका अनुभूतिले नकारात्मक बाटो मात्र लिन्छ ।
पश्चतापको अनुभूतिले स्वंयले गलत काम गरेको छ भन्ने महसुस भइरहन्छ भने लज्जापनको अनुभूतिले स्वंयलाई गलत गरेको छु भन्ने महसुस भैरहन्छ । पश्चतापको मामलामा आफूले गरेका कार्यहरुप्रति नकारात्मक सोचाईहरु आइरहन्छ । लज्जाबोधले व्यक्तिलाई मेरो मान सम्मान र इज्जत नै गुम्यो भन्ने अनुभूति भइरहन्छ ।
कसैमाथि हिंसा, हातपात, कुटपिट गरियो तथा सामानहरु तोडफोड गरियो । अरुकोविरुद्धमा जाइलाग्ने काम गरियो । त्यस्तै नियम कानुनहरु उल्लंघन गरियो भने पनि पश्चताप भइरहन्छ । नैतिक र कानुनी रुपमा स्वीकार गरिएका सीमा नाघ्नु अर्थात् नैतिक र कानूनी दायरा भन्दा बाहिर जानुले नशामाथि निर्भर व्यक्तिलाई पश्चताप महसुस गराउँदछ । व्यक्तिलाई मैले गरेका गलत क्रियाकलापहरु वाहिर निस्कन थाल्यो भन्ने कुराले लज्जाबोध गराउँदछ ।
असफलताबाट लज्जाबोध हुन थाल्दछ । त्यस्तै निर्धारित मापदण्ड वा लक्ष्यमा पुग्न सकिएन र केही गल्ती भयो भने लज्जाबोध भइरहन्छ । अरुको अगाडि कसरी प्रस्तुत हुने होला भन्ने चिन्ताले सताइरहन्छ ।
पश्चताप र लज्जावोधले व्यक्तिलाई अन्तमा चिन्ताको अवस्थामा पुर्याउँदछ र साथै नशामाथि निर्भर व्यक्तिलाई एउटा अयोग्य र काम नलाग्ने मान्छे हुँ भन्ने भावनाले सताइरहन्छ ।
समाधान भै नसकेका पश्चताप रे लज्जापनले नशा माथि निर्भर व्यक्तिलाई उदासिनता तिर डोर्याउँदै लैजान्छ र उसको आत्म–स्वाभिमान तल गिर्न जान्छ । विगतमा गरेका गलत क्रियाकलापबाट हुने अत्याधिक पछुतोले नशामाथि निर्भर व्यक्तिलाई अपराध बोध महसुस गराउँदछ ।
आफूले आशा गरेका र सोचेका कुराहरु नपुग्दा हुने अनुभव नै लज्जा हो । धेरै जसो नशामाथि निर्भर व्यक्तिहरु आफूलाई व्यक्तिहरु नै लज्जा हो । उनीहरु अयोग्य र एक्लोपन महसुस गरिरहन्छन् । आफूमा अपर्याप्त खड्किरहन्छ । यसो हुनको कारण भनेको उनीहरु आफू नैतिक सिद्धान्त तथा सामाजिक मूल्य र मान्यताको धरातलबाट तल झरेको महसुस भइरहन्छ ।
यस्ता भावनाहरु मनमा आइरहँदा उसमा कस्तो परिवर्तन आउन थाल्दछ भने म त खतम मान्छे हुँ र आफैमा अपर्याप्रताको मसहुस हुन थाल्दछ । उनीहरुले आफ्नो अनुभूतिलाई म आज यसो भएको उनीहरुले कारणले हो भन्ने सोची रहन्छन् । उनीहरु आफू बिग्रनुको कारण अरुलाई ठान्दछन् र त्यस्तै आफ्नो भाग्यलाई दोष दिइरहन्छन् ।
श्यामले सम्भव भएको ठाउँहरुबाट ऋण सापटी लिएको हुन्छ, तर त्यो ऋण कसरी तिर्ने भन्ने कुरो थाहा छैन । उसले त्यो ऋण लाग्नुको कारण दोष श्रीमतीलाई दिन्छ । श्यामकोतर्क यो थियो कि उनको श्रीमतीले छोरा छोरी सरकारी स्कुलमा पढ्दा पढ्दै त्यहाँबाट निकालेर महङ्गो स्कुलमा भर्ना गरी दिइन्, जसले गर्दा मलाई ऋण लाग्यो ।
श्याम बेला–बेलामा रिसाउँदै झर्को फर्को गर्दै भन्न थाल्दछ कि मेरो कठिन अवस्थामा पनि मलाई साथ दिइनन् । श्रीमतीको यस्तै व्यवहार रहिरहेमा र मेरो दुःखमा साथ नदिएमा अरु मसँग कुनै विकल्प नै छैन । रक्सी पिउनु बाहेक भन्ने धम्कीपूर्ण भाषा प्रयोग गरिरहन्छन् ।
धेरै जसो नशा माथि निर्भर व्यक्तिहरु अरुको कारणले आफू पीडित भएको महसुस गरिरहन्छन ।
उनले कहिले बाउ साह्रै कडा मिजासको भएकोले त्यस्तै श्रीमती सधँ किच–किच मात्र गरिरहने, कामको बोझ, बेरोजगारीको पीडा तथा आर्थिक अवस्था कमजोर भएको कारणले म यस्तो बन्न गएको नशामाथि निर्भर व्यक्तिहरु जहिले पनि अरुलाई मात्र दोष दिइरहन्छन् । कसैले उनीहरुलाई जड्याह भनेर दोष लगायो भने उनीहरुलाई रक्सी पिउन निउँ हुन्छ ।
धेरै जसो दुव्र्यसनीहरुको लागि नशाको लत समस्या हुँदैन थियो होला । यदी उनीहरुले पश्चताप महसुस नगर्ने भएको भए किन भने त्यहाँ दिमाखमा द्वन्द्व हुँदैन्थ्यो ।
धेरैजसो नशामाथि निर्भर व्यक्तिहरु नशारहित भएर बसेको अवस्थामा पश्चताप महसुस गरिरहन्छन् । किन भने यो यस्तो समय हो कि उनीहरु अनुभूती गर्छन् । कि नशा सेवन गरेको बेलामा यस्ता घृणित क्रियाकलापहरु गरियो, जुन अहिले सोच्दा स्वीकार्य हुँदैन । जब उनीहरु नशाको प्रभावमा हुन्छन् ।
त्यसबेला उनीहरुले गर्ने कार्य अत्यन्तै घृणित र लज्जाप्रद हुन्छ । मुड परिवर्तन गर्ने लागुऔषधको सेवनले उनीहरुमा भएको लज्जापन र नेभरसेन्सलाई घटाइ दिन्छ जसले गर्दा उक्त व्यक्तिले गर्ने व्यवहार सामान्य समाजले स्वीकार गर्न नसक्ने खालको हुन्छ । उसले आफूले गरेका प्रतिज्ञा बारम्बार तोड्ने, भेटघाट गर्न दिएको समय विर्सने, उसको काममा नियमिता नहुने, बोलिमा कुनै टुंगो नहुने ऊ कसैमाथि निर्भर नहुने ऊ एकदम स्वार्थी हुन्छ र अरु कसैप्रति चासो राख्दैन, गैरजिम्मेवार, खुशामत गर्ने र बेइमानी हुन्छन् ।
वरुण विगत ५ वर्षदेखि अत्याधिक गाँजाको लतमा परेको थियो । ऊ आफ्नी बुढी आमासँग बस्दथ्यो । आमा एक्लैले दुःखसँग घर चाइरहेकी थिइन् । तिनीसँग आँखाको समस्या थियो । आमा छोरा गाउँमा बस्दथे । आर्थिक अवस्था कमजोर भएको कारणले शहरमा गएर आँखाको उपचार गर्ने हैसियत थिएन । एकदिन एक जना छिमेकीले वरुणको आमालाई अबको २ हप्तापछि शहरबाट निःशुल्क आँखा शिविर आउँदै छ भनी जानकारी गरायो ।
यो कुरा वरुणकी आमाले वरुणलाई सुनाइन् र भनिन् मलाई शिविरमा लगेर जचाँइदे । वरुणले हुन्छ भने । आमाले यो कुरा वरुणलाई सँधै सम्झाउने गर्दथिइन् । छोराले पनि हुन्छ आमा म तपाईलाई जँचाउन लैजान्छुभन्थ्यो ।
गाउँमा आँखा शिविर आउनु अघिल्लो दिन आमाले वरुणलाई भोली मलाई जँचाउन लैजा भनेर सम्झाइन् । वरुणले हुन्छ आमा भनेर र सुत्न गयो । भोलीपल्ट घाम नझुल्किँदै वरुण उडेर साथीहरुको गाँजा खाने अखडामा गयो । आमा दिनभरी निराश भएर छोराको आशामा बसिरहिन् । वरुण त्यस दिन एकैचोटी राति मात्रै घर आयो । आमालाई दिएको वचन बिर्सियो । तर उसलाई कुनै किसिमको पश्चताप तथा लज्जा महसुस भएन ।
वरुणको यस प्रकारको गैरजिम्मेवारीपनले आमालाई आँखा जँचाउन एक वर्ष कुर्न पर्यो । जब वरुण नशा रहित भएर बस्यो । त्यति बेला उसलाई विगतमा भए गरेका गैरजिम्मेवारीले सताउन थाल्यो । वरुणले मन मनै आफूलाई धिकार्न थाल्यो । म कस्तो निर्दयी रहेछु अब मैले के गर्ने र यसमा कसरी सुधार ल्याउने । हे भगवान् भनी पुकार गर्न थाल्यो ।
पश्चताप र लज्लापनको भार यति गह्रौ थियो कि उसलाई सहन गर्न अत्यन्तै कठिन भयो । अब उसँग दुईवटा विकल्पहरु छन् । उसले भावनात्मक पीडालाई कम गर्न नशाको सहारा लिने र वास्तविकताको सामना गर्न नसकेर पलायन हुने । अर्को भनेको नशाकै दुनियाँमा फर्कने र अरुलाई झुटो व्यवहार गर्नेम अरुलाई धोका दिने, अरुको चित्त दुखाउने, आफु बिग्रदै गएको बानी व्यवहारलाई ठीक ठाउँमा ल्याउन डराउने र लगातार अपराधबोध महसुस गरी रहे ।
नशामाथि निर्भर व्यक्तिसँग रहेको पश्ताप र लज्जापनलाई हटाउन सहयोग पुर्याउने । लामो समय सम्म नशारहित भएर बस्न सफल हुनको लागि अत्यन्तै महत्वपूर्ण कुरा यो छ कि रिकभेरी लिइ व्यक्तिले आफूभित्र रहेको पश्चताप र लज्लापनलाई हटाउन विभिन्न सुधारहरुका उपायहरु अपनाईनु पर्दछ । आफूमा भावनात्मक परिपक्कता प्राप्त गर्न यी चित्त दुखाइरहेको सामना गर्दै त्यसमा काम गर्नुपर्दछ । आफूभित्र रहेको र लज्जापनलाई आफूभित्रै सिमित राख्ने र त्यसलाई विर्सन कोशिश गर्ने होइन् ।
बरु यसको उपयुक्त समाधान खोज्दै रिकभरीलाई अगाडि बढाउन पर्दछ होइन भने यसले बारम्बार दुःख र पीडा दिइरहन्छ । शुरुबाटै मदिरा र लागुऔषध प्रयोग गरेर जीवनमा आइपरेको वास्तविकताको सामना गर्नुको सट्टा भाग्ने प्रयास गरे जस्ले गर्दा उसको भावनात्मक परिपक्कता ( Emotional growth) को विकाश हुन सकेन ।
अब उसले नशाबाट बाहिर आउन आफूले आफैभित्र खोजी गर्नुपर्दछ र त्यसमा विशेष सावधानीपूर्वक ध्यान दिनुपर्दछ । उसले आफूभित्र रहेको अनुभूति, मानवीय मूल्य र मान्यता तथा राय र अरु प्रतिको दृष्टिकोण आदिको बारेमा आफैँ गहिरेर पत्ता लगाउनुपर्दछ ।
नशामाथि निर्भर व्यक्तिले आफ्नु अनुभूति, मूल्य र मान्यता तथा अरु प्रति हेर्ने दृष्टिकोणको बारेमा पत्ता लगाउने प्रक्रियाको शुरुवात गर्नुपर्दछ । यी सबै प्रक्रियाबाट अगाडि बढ्दै जानु भो भने उसले यो कुरा बुझ्न र स्वीकार्न थाल्दछ कि यी सबै नचाहिँदा क्रियाकलापहरु जत्ति पनि गरियो नशाको प्रभावमा परेर गरिएको रहेछ ।
अब म उसलाई एउटा सहयोगीको नाताले के कुरा भन्न चाहन्छु भने विगतलाई कूनै पनि हालतमा परिवर्तन गर्न सकिँदैन । अब विगतलाई सम्झेर धेरै चिजहरुको बारेमा नियन्त्रण गर्न सकिँदैन । अब यदी मैले यस्तो नसोचेको भए, यदी नगरेको भए अथवा यदी मैले यत्ति धेरै सेवन नगरेको भए आदि जस्ता सोचाईंहरु अनुत्पादक हुन्छ ।
लज्जावोध हुने अनुभूतिलाई ठिक पार्ने पहिलो पाइला भनेको तपाईले लागुऔषध तथा अगाडि आफूलाई पूर्ण रुपमा शक्तिहीन भएको कुरालाई बुझ्ने र त्यसलाई स्वीकार्ने । आफूले सेवन गर्दै जाँदा त्यसले पार गरेको सीमालाई राम्रोसँग बुझ्ने । नशाको प्रयोग गर्दै जाँदा कुन हदसम्म त्यसले सीमा पार गर्यो । उसले शुरुदेखि नै जीवनमा आइपरेका वास्तविकताको सामना गर्नुको सट्टा लागुऔषध तथा मद्यपान सेवन गरेर भाग्ने प्रयास गरियो ।
दिमाखमा तनाव आयो त्यसलाई उचित ढंगबाट समाधान गर्नुको सट्टा सेवन गरेपछि तनाव हट्छ र रमाइलो हुन्छ भन्ने भ्रममा पर्दै गयो । आफूलाई सक्षम सम्झन बढी आनन्दित हुन यस्तै यस्तै सोचेर सेवन गरेको थियो अहिले त्यसको ठीक उल्टो भयो बिरामी भइयो चेतना हरायो र आफूले आफैलाई मूर्ख बनाउने काम गरियो ।
मैले किन यस्तो लाजमर्दो व्यवहार गरे ?
यसको सरल उत्तर हो
तपाई यस्तो गर्न चाहनु हुन्न थियो
तर पनि तपाईले गर्नुभो ।
तपाईले नचाँदा नचाहँदै पनि दुर्व्यहार गर्नुभो । तपाईको ईच्छा शक्ति नभएर होईन कमजोर भएर पनि होईन वास्तवमा लागुऔषध तथा मद्यपानको अगाडि शक्तिहीन भएर हो ।
लागुऔषधको अगाडि आफू शक्तिहीन भएको वास्तविकतालाई स्वीकार्दै अगाडि बढ्नुभो भने नशा सेवन गरेको बेला गरेका लल्जाजनक कार्यहरुप्रति आफूले आफ्नैलाई क्षमा गर्न सकिन्छ । यसको साथै व्यक्तिको गहिराइ सम्झेर पुगेर त्यसमा आवश्यक सुधार गर्न सकिन्छ । आफैले गरेका यी नचाहिँदा क्रियाकलापहरु तथा व्यवहारहरुको जिम्मा आफले लिनुपर्दछ र त्यस विषयमा कुरा गर्नुपर्दछ । यसरी गर्दै जाने हो भने अरुले पनि मैले जस्तै कार्यहरु गरेको रहेछ भन्ने ज्ञान हुँदै जान्छ ।
विगतमा नशा सेवन गरेर आफुले गरेका गल्तिहरुलाई स्वीकार्ने आफुले आफूलाई क्षमा गर्ने र यस्ता घृणित कार्यहरु नदोहो¥याउने प्रण गर्दै गएमा आफुमा आरामदायी महसुस हुँदै जान्छ । भित्री शक्ती प्राप्त हुन थाल्दछ र अरुबाट पनि क्षमा पाउने हुन्छ । यद्यपी ऊभित्र रहेको डर र घमण्डले गर्दा उसले हतोत्साही बनाउँदछ । उसले एउटा कुरा याद राख्नुपर्दछ कि जत्ति बेला गलत कार्य गरेका थिए । त्यसलाई लुकाएर राख्ने आदतले अरुहरुबाट एक्लो र दुःखी भैरहन्छ ।
रिकोभरी लिइरहेको समयमा पनि विगतमा आफुले गरेका गल्तीहरुको जिम्मा आफँैले लिएर त्यसलाई सच्चाउँदै जानुपर्दछ । उसले आफूभित्र पालेर राखेको पश्चतापलाई निश्चय नै हटाउन सक्दछ । यदी उसले ती व्यक्तिहरुको सूची तयार पार्दै जस जसलाई उसले विगतमा चित्त दुखाउने काम गरेका थिए ।
विगतमा नशा सेवन गरेर जस जसलाई चित्त दुखाएका थिए । उनीहरुको सूची तैयार पार्ने र उसमा इमान्दारिता र पक्का इरादा हुनु पर्दछ । उनीहरु कहि गएर माफी माग्ने काम हृदयदेखि नै आउनुपर्दछ । यसको लागि नशामाथि निर्भर व्यक्तिको सोच्ने तरिका र बानी व्यवहारमा पूर्ण रुपमा परिवर्तन आउनुपर्दछ । यस पछि रिकोभरिङ्ग व्यक्तिले उनीहरु प्रति गर्ने व्यवहार सधैँ एकनासको हुनुपर्दछ । उनीहरुलाई हेरविचार गर्ने, उनीहरुको भावनालाई बुझ्ने र सोही अनुसार भावनाको कदर गर्ने यस्तो बततष्तगमभ बनाउनुपर्दछ । यो लगातार रुपमा चलि रहने प्रक्रिया हो यस्ले उसको पश्चताप र लज्जापनलाई बाहिर निकाल्दै लैजान्छ र ऊ व्यक्ति आफू राम्रो र योग्य भएको महसुस गर्न थाल्दछ ।
आफूभित्रको पश्चताप र लज्जालाई समाधान गर्ने अचुक औषधी भनेको क्षमा हो । क्षमा दिन र लिन दुबै जान्नुपर्दछ । पिलो (घाउ) निक पार्न खिल निकाल्नुपर्छ । जुन साह्रै पीडादायक हुन्छ त्यसपछि मिल्ने आनन्द चाही गजवको हुन्छ । कसैलाई क्षमा दिने काम पनि त्यस्तै हो । त्यसपछि मिल्ने आनन्द साह्रै मजाको हुन्छ । त्यसैले आफ्नो हानी हुँदा पनि अरुलाई क्षमा दिने र आफूबाट कुनै भुल भएमा क्षमा माग्ने काम रिकोभरी प्रक्रियाको लागि अतिआवश्यक तत्व हो ।
लेखक थापा साईकोथेरापिस्ट हुनुहुन्छ । स्रोत : T T Ranganathan Clinical Research Foundation Indiranagr Mdaras र लेखको आफ्नो अनुभव