काठमाडौं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका हुन् ।
काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै, धर्मेन्द्र मिश्रलाई सुनसरी, गोगनबहादुर हमालको कैलाली, तुलसीबहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादव मोरङ, गोपालकुमार अधिकारी झापा र सावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको छ ।
काठमाडौंका सिडिओ जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ । उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको भनेर सर्वाेच्च अदालतले हालै एक फैसलामा बोलेपछि उनी विवादमा परेका थिए ।
मोरङका सिडिओ प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ।