काठमाडौं । नेपाली कांग्रेसले विभिन्न विभागका सचिवहरु मनोनयन गरेको छ। सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका विभिन्न विभागमा सचिवहरु मनोनित गरेका हुन्।
प्रदेश समन्वय विभागको सचिवमा डा. रघु काफ्ले, महिला विभागको सचिवमा कविता इटनी, सूचना, संचार तथा प्रचार विभागमा गोपाल झा र उद्योग तथा व्यापार विभागमा ध्रुव खड्का मनोनित भएका छन्।