काठमाडौं । गण्डकीका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका हुन्।
मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले मुख्यमन्त्री पाण्डेलाई भेटेर राजीनामा बुझाएका थिए। सोमबार एमालेका ४ जना मन्त्री थपिएसँगै मनाङेको मन्त्रालय फेरबदल भएको थियो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट उनी वन तथा वातावरण मन्त्रालयमा सरुवा भए। एमालेका प्रकाशबहादुर केसीले शक्तिशाली मानिएको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय पाएका छन्।
आफ्नो मन्त्रालय फेरिएपछि उनी सपथ ग्रहण समारोहबाट जुनियरलाई दिने मन्त्रालय भन्दै बाहिरिएर क्वार्टर गए। उनले स्वकीय सचिव अधिकारीसँग मुख्यमन्त्रीलाई राजीनामा पठाए।