काठमाडौं । अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानी हत्या भएको छ । रुकुम बाफीकोटका ३० वर्षीय दीपक ओलीको गोली हानेर हत्या भएको हो । वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे ।
घटनाबारे छानबिन गरिरहेको प्रहरीले जनाएको छ । घटना सोमबार बिहान ५ः२० बजेतिरको भएको बताइएको छ । घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ ।
त्यतिबेला वली काउन्टरमा उभिरहेका थिए । वलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको प्रहरीले बताएका छन् । वलीकी एक श्रीमती र ५ वर्षकी छोरी रहेको बताइएको छ ।