काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरियतामा छैटौँ स्थानमा उक्लिएका छन्। उनले भारतका हार्दिक पाण्ड्यालाई पछि पारेका छन्।
आईसीसीले सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन्। यसअघि उनी नवौं स्थानमा थिए।
आईसीसीले जारी गरेको वरियता अनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै पहिलो स्थानमा उक्लिएका छन्।
श्रीलंकाका वनिन्दा हसरङगा दोस्रो स्थानमा, बंगलादेशका शकिल अल हसन तेस्रो स्थानमा छन्। चौथो स्थानमा अफगानस्थानका मोहम्मद नाबी रहेका छन् भने पाँचौंमा जिम्बावेका सिकन्दर राजा रहेका छन्।
सातौं नम्बरमा भारतका हार्दिक पाण्ड्या, आठौंमा इङ्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अली नवौं स्थानमा छन्। शीर्ष १० मा दक्षिण अफ्रिकाका एडेन मक्रम पनि परेका छन्।